गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उप्रधानमन्त्री श्रेष्ठ-Sutra News

गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उप्रधानमन्त्री श्रेष्ठ

सोमबार, १३ चैत्र २०७९

सोमबार, १३ चैत्र २०७९

काठमाडौं, १३ चैत । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन् ।



श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले सो अभिव्यक्ति दिएका हुन् । सोमबार मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीबारे प्रधानमन्त्री र पार्टी (माओवादी केन्द्र)ले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने बताएका हुन् ।

तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले यसबारे आफूले नभएर प्रधानमन्त्री र पार्टीले निर्णय गर्ने बताए । साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उनको भनाइ छ । केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट