काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौका अनुसार तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरिएको हो ।
जेल चलान हुनेहरूमा सोलुखुम्बुका उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका विप्लव खड्का रहेका छन् ।
चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी बन्न नयाँ बानेश्वरमा गएका बेला उनीहरूले नाराबाजी गरेका थिए ।