काठमाडौँ । मन्त्रालयको भागबण्डा लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
सरकारमा लामो समयसम्म थुप्रै मन्त्रालयहरु खाली रहेका छन् । सत्ताको जोडघटाउमा मात्र ध्यान दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसमा खासै ध्यान दिएका छैनन् । जसले गर्दा देशको दैनिक प्रशासनको काममाथि नै प्रभाव परेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उनीहरुले मंगलबार बैठक बसेर कुरा सकाउने निर्णय गरेका थिए ।
कसलाई कति?
कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८,
माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)लाई एक राज्यमन्त्रीसहित ३-३ मन्त्रालय,
जसपालाई दुई