राजधानीमा गायक भरत सम्मानित-Sutra News

राजधानीमा गायक भरत सम्मानित

मंगलबार, १४ चैत्र २०७९

मंगलबार, १४ चैत्र २०७९

काठमाडौं : राजधानीमा आयोजित दक्ष इन्टरनेसनलको आयोजनामा हालै सम्पन्न भएको न प्लस मिस एण्ड मिसेस ब्युटीफुलको ग्राण्ड फिनालेको भव्य समारोहमा चर्चित गायक भरत सामरीलाई सम्मानित गरिएको छ । उनले बिगत लामो समय देखी नेपाली सांगीतिक क्षेत्रमा पुर्याउदै आउनु भएको योगदानलाई उच्च मुल्यांकन गर्दै सो सम्मानद्वारा सम्मानित गरिएको हो । गायक सामरीलाई नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको आयोजक पक्षले जनाएको छ ।



प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं कार्यक्रमका प्रमुख अतिथी जिबन राम श्रेष्ठले प्रदान गरेका थिए । सो कार्यक्रममा सामरीले आफ्नो उत्कृष्ट गीतहरु पनि प्रस्तुत गरे । आयोजक संस्थाका कार्यकारी प्रमुख टेक राज पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा गीता उप्रेतीको व्यबस्थापनमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा अभिनेता रमेश उप्रेती, गीतकार तथा पत्रकार सुमन पण्डित ‘वैरागी’, युवा उद्यमी वालकृष्ण पोखरेल, सौन्दर्यकर्मी मन्जु खत्री, सौन्दर्यकर्मी मन्दिरा खड्का हायु, मोडल प्रमीला सिलवाल, मोडल, सौन्दर्यकर्मी ममता खड्का सहकारीकर्मी एलिजा पुडासैनी, युवा उद्यमी कमला चुदारा, समाजसेवी देवी माया आचार्य ,महिला उद्यमी सरिता भट्राई श्रेष्ठ , युवा व्यबसायी शेर खान, पत्रकार किरण प्रसाद अधिकारी, कलाकार अमर श्रेष्ठ, सौन्दर्यकर्मी टीका पुन, मिडिया व्यबसायी हरिशरण सुवेदीरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट