काँग्रेसबाट प्रकाशशरण अर्थमन्त्री बन्न लागेका हुन्?-Sutra News

काँग्रेसबाट प्रकाशशरण अर्थमन्त्री बन्न लागेका हुन्?

मंगलबार, १४ चैत्र २०७९

मंगलबार, १४ चैत्र २०७९

सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने छलफल चलिरहँदा यो दलले कसलाई अर्थमन्त्री बनाउला भन्ने चासो धेरैमा देखिएको छ ।



कमजोर राजस्व सङ्कलन, बढ्दो आन्तरिक ऋण र शेअर बजारमा देखिएको गिरावटका कारण पनि अर्थ मन्त्रालयको नेतृत्वमा धेरै मानिसहरूको चासो देखिन्छ।

कांग्रेसले पाउने भनिएको सबैभन्दा महत्त्वपूर्ण मन्त्रालयमा सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र प्रकाशशरण महतलाई पठाउने तयारी गरेको पार्टी नेताहरू बताउँछन्।

बीबीसीको जिज्ञासामा महतले पनि आफू यसका लागि तयार रहेको बताए।

“अर्थतन्त्र अप्ठ्यारो स्थितिमा छ। लगानी जोखिममा छ प्रतिफल कम छ। माग र आपूर्तिमा समस्या छ। यो परिवेशमा बजारमा देखिएको नकारात्मक भावनालाई सकारात्मकतामा बदल्न जरुरी छ,” महतले भने।

“यो अवस्थामा कांग्रेसभित्र यो विषय पढेको, परराष्ट्र र ऊर्जा मन्त्रालय पनि चलाएको हिसाबले पनि मेरो लागि यो विषय अरूभन्दा उपयुक्त हुन्छ भन्ने सोच पनि राखेको हो। … तर सबैको सल्लाह सुझाव लिएर सभापतिजी [देउवा]ले निर्णय गर्ने कुरा हो।” बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट