दलहरुले जिद्दी नछाड्दा मन्त्रालय भागबण्डा गर्न बसेको बैठक निश्कर्षविहीन-Sutra News

दलहरुले जिद्दी नछाड्दा मन्त्रालय भागबण्डा गर्न बसेको बैठक निश्कर्षविहीन

मंगलबार, १४ चैत्र २०७९

मंगलबार, १४ चैत्र २०७९

काठमाडौँ । सत्तारूढ १० दलीय गठबन्धनको बैठक सकिएको छ ।



मङ्गलवार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविना नै सकिएको छ ।

मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आ–आफ्नो अडान नछाडेका कारण बैठक निश्कर्षविहीन बनेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक फेरी बस्नेछ ।

दलहरुलाई सांसदहरुको संख्याका आधारमा मन्त्रालय दिने तरिकाले तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट