मंगलबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।
मंगलबार दलहरुले आकर्षक मन्त्रालयमा आ आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन ।
हिजोको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए ।
दलहरुले जिद्दी नछाड्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।