मन्त्रिपरिषद विस्तार हुँदै: प्रचण्ड सरकारमा रास्वपालाई ‘नो इन्ट्री’-Sutra News

मन्त्रिपरिषद विस्तार हुँदै: प्रचण्ड सरकारमा रास्वपालाई ‘नो इन्ट्री’

बुधबार, १५ चैत्र २०७९

बुधबार, १५ चैत्र २०७९

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । गृहमन्त्रालयको अडान नछाडेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने कुनै पनि मन्त्रालयको जिम्मेवारी नपाउने भएको छ ।



बुधबार साँझ बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सरकारमा सहभागी हुनेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् ।

योभन्दा अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा गृहमन्त्रालयको जिम्मेवारी पाएको थियो । तर नागरिकता विवादका कारण गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद दुवै गएको थियो ।

रास्वपाले प्रचण्डलाई भने विश्वासको मत दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट