आज अमेरिकी डलरसंगै युरोको भाउपनि बढ्यो, अन्य देशको कति छ आज मूल्य ?-Sutra News

आज अमेरिकी डलरसंगै युरोको भाउपनि बढ्यो, अन्य देशको कति छ आज मूल्य ?

बिहिबार, १६ चैत्र २०७९

बिहिबार, १६ चैत्र २०७९

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । लगातार तिनदिन देखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ । यसअघि बुधबार २९ पैसाले उक्त डलरको भाउ घटेको थियो । बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । अघिल्लो दिन बुधबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको थियो ।



नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो भने उकालो लागेको छ । आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७० पैसाले बढेको हो । बुधबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य बुधबारको तुलनामा ७२ पैसाले बढेको हो । बुधबार यसको खरिदमूल्य १६१ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो ।  त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा कायम भएकाे छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ एक पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट