काठमाडौं । विभिन्न उतारचढावकाबिच प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकारले अन्तत पूर्णता पाउने भएको छ । बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले भागबन्डा मिलाएपछि सरकारले पूर्णता पाउने पक्का भएको हो । सत्तारुढ गठबन्धनको बैठकका अनुसार अनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेसँगै सरकारले अब गति लिने पक्का पक्की भएको हो ।
सहमती अनुसार नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ । त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुईरदुई मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एकरएक मन्त्रालय पाएका छन् । यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।
सो सहमति पछि प्रचण्ड सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउनका नेपाली कांग्रेसले केन्द्रिय कार्य सम्पादन समितिको बैठक पनि बसेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनिउपाध्यक्ष बेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वालालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने तीनवटा मन्त्रालय पाउनु पर्ने बताउदै आइरहेका छन् । बुधबार भागबन्डा मिलेसँगै प्नधानमन्त्री प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । उनले नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिन आफू प्रधानमन्त्री भएको पनि बताएका छन् ।
कांग्रेसले आठ मन्त्रालयमा उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्कालाई र अर्थमन्त्री डा प्रकाशशरण महतलाई बनाउने तयारी गरेको छ । यस्तै कांग्रेसले परराष्ट्र र स्वास्थ्य मन्त्रालय लिने बताइएको छ । यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने पनि बताइएको छ । यो जिम्मेवारी एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी गरिएको छ । यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपाले शरदसिंह भण्डारीलाई सरकारमा पठाउने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीले भने एक मन्त्रालय पाएकामेमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री हुने देखिएको छ ।यता, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी हुने सम्भावना देखिएको छैन ।