काठमाडौं । आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि विभिन्न दलहरुले आआफ्नो उम्मेदवारको नाम घोषणा गरेका छन् । कांग्रेसले तनहुँ–१ मा भने उपनिर्वाचनका लागि गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो । गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट पौडेल निर्वाचित भएका थिए । यस्तै तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार उठाउने भएको छ ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउने कुरा चलेको बताए । रास्वपाको प्रस्तावमा स्वर्णिमले कुनै प्रतिक्रिया भने नदिएको बतायएको छ