काठमाडौं । नेपाली चलचित्र क्षेत्रका तीन अभिनेता अनमोल केसी, हरिहर अधिकारी रसलोन बस्नेतको आज एकैदिन जन्मदिन परेको छ । अनमोल, हरिहर र सलोनलाई आज बिहानैदेखि जन्मदिनको शुभकामनाको ओइराले लागेको छ ।
आजबाट अनमोल २९ बर्ष पुगेका छन् भने हरिहर ३२ वर्ष पुगेका छन् । यस्तै सलोन आजबाट ३२ वर्षमा लागेका छन् । अनमोलले चलचित्र क्षेत्रमा चलचित्र ‘होस्टेल’ बाट प्रबेश गरेका थिए ।
उनले होस्टेलपछि सलोनसँगै ए मेरो हजुर २ गाजलु लगायतका चलचित्रमा अभिनय गरे । हरिहर पनि अहिले नयाँ चलचित्र ह्रस्व दीर्घ मा व्यस्त छन् । चलचित्र शुभ लभ बाट चलचित्र क्षेत्रमा प्रबेश गरेका हरिहर ज्योतिष पनि हुन् ।