काठमाडौं, १६ चैत-नेपालका लागि चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
चिनियाँ राजदूत छनले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर गएका थिए ।उक्त अवसरमा काठमाडौंमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत छनले ट्विटरमा उल्लेख गरेका छन् ।