काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
मन्त्रिपरिषद आज बिहीबार गठन हुने भनिएको थियो तर दलहरुका विवादका कारण मन्त्रिपरिषद विस्तार हुन सकेन ।
माओवादीका एक नेताका अनुसार दिउँसो ३ बजे मन्त्रीहरुको सपथ हुनेछ ।
स्रोतका अनुसार अर्थ र रक्षा कांग्रेसले लिनेछ । त्यस्तै गृहमन्त्रालय र संचार मन्त्रालय माओवादीले लिने भएको छ ।