एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा छैन – पौडेल-Sutra News

एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा छैन – पौडेल

शुक्रबार, १७ चैत्र २०७९

शुक्रबार, १७ चैत्र २०७९

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा नलागेको बताएका छन् ।शुक्रबार पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत धनगढी पुगेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले अहिले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट पारे ।



उनले भने “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।” उनले अहिले एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताए ।

एमालेलेले अबको अर्को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढेको भन्दै उनलदले हाल सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । देश डरलाग्दो गरी अस्थिरतामा फसेको भन्दै उनले मुलुक अर्थतन्त्र समाल्न नसक्ने अवस्थामा पुगेको विश्लेषण भएको बताउ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट