सुनिल दवाडीको ‘केबल तिमी हौ’मा सागरसँग रोमान्टिक बनिन् रुषा-Sutra News

सुनिल दवाडीको ‘केबल तिमी हौ’मा सागरसँग रोमान्टिक बनिन् रुषा

शुक्रबार, १७ चैत्र २०७९

शुक्रबार, १७ चैत्र २०७९

काठमाडौँँ । पेशाले इञ्जिनियर समेत रहेका गायक सुनिल दवाडीको गीत संगीतको क्षेत्रमा झुकाव उस्तै छ । गीत संगीत भनेपछि हुरुक्कै हुने गायक दवाडीको प्रस्तुतीमा केबल तिमी हौ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा गायक विशाल निरौला र प्रेक्षा लम्सालको स्वर रहेको छ ।



विशाल निरौलाकै शब्द तथा संगीतमा तयार भएको प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतमा चकलेटी मोडल तथा नायक सागर खनालको अभिनय रहेको छ भने अभिनयमा सुन्दरी रुषाले सागरलाई साथ दिएकी छिन् ।

पछिल्ला दिनमा सागरले एकपछि अर्को गर्दै राम्रा राम्रा भिडियोमा काम गरिरहेका बेला केवल तिमीलाईबाट आँफु सन्तुष्ट रहेको सागर बताउँछन् । वैँशालु उमेरमा प्रेममा परेको एक रोमान्टिक जोडीले जुनी जुनी सँगै बाँच्ने वाचा कसम खाएको दृश्यलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

उत्सब दाहालले छायांकन गरेको सार्वजनिक भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । भिडियो निर्माता सुनिल दवाडीको अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक दवाडीको केही समय अघि मात्रै बजारमा आएको बाह्र टक्काले राम्रो चर्चा बटुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट