काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आज सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज कांग्रेसका चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपप्रधान तथा रक्षामन्त्रीमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नियुक्त भएका छन् भने डा. प्रकाशशरण महत अर्थ मन्त्रालयमा नियुक्त भएका छन् । यस्तै उद्योग मन्त्रालयमा रमेश रिजाल उद्योग र शहरी विकासमन्त्रालयमा सीता गुरुङ नियुक्त भएकी छिन् ।
यस्तै जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा नियुक्त भएका छन् भने प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएका छन् । यस्तै माओवादी केन्द्रबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का शरदसिंह भण्डारीलाई श्रम तथा रोजगार मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवलाई दिइएको छ ।
यस्तै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रीमा नियुक्त गरिएको छ ।यस्तै सञ्चार तथा सूचना प्रविधि बन्त्री रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीको जिम्मेवारी हेरफेर गरिएको छैन ।
प्रचण्डले आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको जनाइएको छ ।