काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग छलफल गर्ने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आज साझँ मिटरब्याजी पीडितसँग भेट गर्ने भएका हुन् । मिटरब्याजी पीडित र सरकारी टोलीबीचको छलफलपछि प्रधानमन्त्री प्रचण्डले साझँ भेट्ने भएका हुन् ।
मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले सरकारसँगको छलफल सकरात्मक रुपमा रहेको बताउका छन् ।