काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेकै दिन खानेपानी मन्त्री अव्दुल खानले पदबाट राजिनामा दिएका छन्। जनमत पार्टीबाट मन्त्री बनेका उनले शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजिनामा दिएका हुन्।
सरकार बिस्तारको तयारी भइरहँदा खानलेपदबाटै राजीनामा दिएका हुन्। जनतम पार्टीले आफ्ना मागहरु पुरा नगरे सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । अब जनमत सरकारबाटै बाहिरिने तयारीमा रहेको देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज कांग्रेसका चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपप्रधान तथा रक्षामन्त्रीमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नियुक्त भएका छन् भने डा. प्रकाशशरण महत अर्थ मन्त्रालयमा नियुक्त भएका छन् । यस्तै उद्योग मन्त्रालयमा रमेश रिजाल उद्योग र शहरी विकासमन्त्रालयमा सीता गुरुङ नियुक्त भएकी छिन् ।
यस्तै जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा नियुक्त भएका छन् भने प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएका छन् । यस्तै माओवादी केन्द्रबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का शरदसिंह भण्डारीलाई श्रम तथा रोजगार मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवलाई दिइएको छ ।
यस्तै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रीमा नियुक्त गरिएको छ ।यस्तै सञ्चार तथा सूचना प्रविधि बन्त्री रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीको जिम्मेवारी हेरफेर गरिएको छैन ।