काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले आज नै पद तथा गोपनियताको शपथ पनि लिएका छन् ।
आज राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा ११ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । शपथ लिनेमा कांग्रेसको तर्फबाट उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त भएका पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा नियुक्त भएका डा। प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका रमेश रिजाल र शहरी विकासमन्त्रीमा नियुक्त भएकी सीता गुरुङ रहेकी छन् ।
यस्तै जसपाका शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा अशोक राई रहेका छन् भने एकीकृत समाजवादीबाट कृषि तथा पशुपक्षी विकास मन्त्रीमा बेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा प्रकाश ज्वाला रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्तिले शपथ लिएका छन् ।