काठमाडौँ । आफूले रोजेको मालदार मन्त्रालय नपाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारबाट बाहिरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्री पदका लागि सत्तामा टाँसिएर बसिरहनुको औचित्य नरहेको बताएका छन् ।
जनमतका तर्फबाट सरकारमा सहभागी भएका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि राउतले फेसबूकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्
‘उहाँ (अब्दुल खान)ले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको होइन, हामी जनताका सेवक हौं । काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताका लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने त्यहाँ टाँसिइरहनुको औचित्य हुँदैन ।’