काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले मन्त्रिपरिषद विस्तार भएसँगै अब देशले गति लिने पनि उल्लेख गरे ।
यहाँ आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर ‘जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ, अब विकासका कामले गति लिनुपर्छ ।‘ उनले भने ।