गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा शान्ति सुरक्षा कायम गर्नु र अमनचयन कायम राख्नु गृहमन्त्रालयको जिम्मेवारी रहेको बताएका छन् ।
गृह मन्त्रालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले सूत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको प्रस्ताव र मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावसम्बन्धी निर्णय गरेका छन् ।
उनले भने, ‘काम गर्दा कुनै पनि दबाबमा परेर काम नगर्नुस् तर जनताको सेवालाई ध्यानमा राखेर काम गर्नुस् ।’