पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी उपनिर्वाचनमा फूले जित्ने दाबीसमेत गरेनन् अर्को चुनावमा दुइतिहाई बहुमत ल्याएर सरकार बनाउनेसमेत दाबी गरेका छन् ।
रास्वपामा अर्थाशास्त्री मानिने स्वर्णिम वाग्ले र पूर्व डीआइजी रमेश खरेल पनि प्रवेश गरेका छन् । उनीहरु पनि उपचुनाव भिड्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गरेका छन्।
‘म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाईको सरकार बनाउनेछौं। जहाँ हाम्रा सांसदहरु, नीति निर्माणमा संसदभरी रहनेछन्। र, हामीले संचालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईहरुजस्तो विज्ञहरुले मन्त्रालयहरु हाँक्नु हुनेछ। जहाँ विचौलिया, घुसखोरहरुको अन्त्य हुनेछ। यो देशले राम्रा नीतिहरु बनाउनेछ।‘ रवि लामिछानेले भनेका छन् ।