इटालीमा किन लगाइयो च्याटजीपिटीमाथि प्रतिबन्ध-Sutra News

इटालीमा किन लगाइयो च्याटजीपिटीमाथि प्रतिबन्ध

आइतबार, १९ चैत्र २०७९

आइतबार, १९ चैत्र २०७९

इटली आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने पहिलो पश्चिमी मुलुक बनेको छ।



इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको छ।

ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ।

इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ।

गत नोभेम्बरमा सुरु भएको च्याटजीपीटीको अहिले लाखौँ मानिसहरूले प्रयोग गरिरहेका छन्।

यसले मानिसकै जस्तो भाषा प्रयोग गरेर प्रश्नहरूको जवाफ दिन सक्छ।

च्याटजीपीटीले अन्य लेखन शैलीको पनि नक्कल पनि गर्न सक्छ।

उसले इन्टरनेट प्रयोग गरेर सन् २०२१ सम्ममा डाटाबेसमा रहेका कुराका आधारमा त्यस्तो जवाफ दिने गर्छ।

माइक्रोसफ्टले च्याटजीपीटीमा अर्बौँ डलर खर्च गरेको छ र त्यसलाई गत महिनादेखि उसको सर्च इन्जिन बिङ्गमा पनि समावेश गरिएको छ।

माइक्रोसफ्टले वर्ड, एक्सेल, पावरप्वाइन्ट र आउटलुकलगायतका अफिस एपहरूमा पनि उक्त प्रविधिको एउटा संस्करण समावेश गर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट