कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा-Sutra News

कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा

आइतबार, १९ चैत्र २०७९

आइतबार, १९ चैत्र २०७९

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसले निर्वाचनका बेला अनुशासन उल्लंघन गरेको भन्दै नेतामाथि गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।



आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनका बेला बागी उम्मेदवारी दिएकाहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकले तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका गोविन्दराज जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका विकास कोइरालाको कारबाही फुकुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट