काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताएका छन् । आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरेका लामिछानेले यस्तो बताएका हुन् ।
उनले उम्मेदवारी दर्तापछि आफू निर्वाचनका लागि उत्साहित भएको बताए । उपचुनाव हुनुमा आफ्नो भागमा परेको जिम्मेवारी लिन तयार रहेको उनले बताए । उनले नागरिकता प्रकरणमा आफू उम्मेदवार हुन नपाउने भन्ने तर्क गलत भएको पनि बताए ।