नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि चर्को व्यंग्य गरेका छन् ।
स्वर्णिम वाग्ले हराउन तनहुँमा खटिएका थापाले उपनिर्वाचनमा तनहुँ १ बाट कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएपछि आयोजित सभालाई सम्बोधन गर्दै रास्वपालाई टिप्पणी गरेका हुन् । उनले गृहमन्त्रालय पाए रास्वपा फेरी सरकारमा जानसक्ने टिप्पणी गरे ।
‘केही दिनपछि नयाँ गठबन्धनमा राष्ट्रपतिमा रामचन्द्रलाई किन मत हालेको ? अहिले सरकारबाहिर किन बसेको ?’ उनको प्रश्न छ ।
उनले थपे, “आवधिक निर्वाचनको विशेष महत्त्व छ, निर्वाचनका बेला जनताले आफ्नो मत जाहेर गरेर प्रतिनिधि छान्छन्”, उनले भने, “हामीले जनताको विश्वास जित्नुपर्छ ।”
नेपाली काँग्रेसबाट अलग्गिएका अर्थशास्त्री डा.स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ मा उपचुनाव लड्ने गरी टिकट पाएका छन् ।
काँग्रेसबाट बनेका उम्मेदवारलाई सघाउन तथा उम्मेदवारी दर्ता गर्न गगन थापा आज तनहुँ पुगेका थिए ।