राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेका छन् ।
वैशाख १० मा हुनलागेको उपनिर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी मनोनयन गरेका रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सो उजुरी परेका हुन्
राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका हुन् ।
यसअगाडी रवि लामिछाने सो ठाउँबाट भारी मतले विजयी भएका थिए ।