

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले उम्मेदवारका बिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी यउम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रबि लामिछाने बिरुद्ध ४ वटा उजुरी परेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उनी माथी परेको उजुरी माथि चितवन निर्वाचन कार्यलयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ ।