बारा-२ मा उपनिर्वाचनका उम्मेदवारले २९ लाखसम्म खर्च गर्न पाउने-Sutra News

बारा-२ मा उपनिर्वाचनका उम्मेदवारले २९ लाखसम्म खर्च गर्न पाउने

बुधबार, २२ चैत्र २०७९

बुधबार, २२ चैत्र २०७९

बारा, २२ चैत । निर्वाचन आयोग नेपालले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवारले अधिकतम २९ लाख सम्म खर्च गर्न पाउने जनाएको छ । आयोगले बुधवार विज्ञप्ति जारी गर्दै उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो ।



आयोगले बारा २, चितवन २ का उम्मेदवारले अधिकतम २९ लाख र तनहुँ १ का उम्मेदवारले ३१ लाख खर्च गर्न सक्ने जनाएको छ । नेपालको राजपत्रमा तोकिए बमोजिमको सिमा भित्र रहेर उम्मेदवारले चुनाव प्रचारका लागि खर्च गर्न सक्नेछन् ।आयोगले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न समेत विज्ञप्तिमार्फत सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट