

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् ।
पार्टी कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकमा उनले नामकरणको विषयमा पार्टीका जिम्मेदवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको उल्लेख गरे ।
‘कोशी प्रदेशमा नेता साथीहरुले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ । यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ’, बैठकपछि नेता गिरिराजमणि पोख्रेलले भने ।
कोशी प्रदेश नामाकरणका विषयमा दिनहुँ आन्दोलन चर्किंदै गएको छ ।