रवि लामिछानेविरुद्धको रिटमा भएन अन्तरिम आदेश: कारण देखाउ आदेश जारी-Sutra News

रवि लामिछानेविरुद्धको रिटमा भएन अन्तरिम आदेश: कारण देखाउ आदेश जारी

बिहिबार, २३ चैत्र २०७९

बिहिबार, २३ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ ।



बुधबार न्यायायाधीश हरि फुँयालको एकल इजलासले आज लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयबारे विपक्षी महान्यायाधिवक्ताको कार्यालयसहितसँग लिखित जवाफ माग गरेको गरेको हो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध सोमबार लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार