सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान-Sutra News

सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान

बिहिबार, २३ चैत्र २०७९

बिहिबार, २३ चैत्र २०७९

काठमाडौं, २३ चैत । प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए ।



अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने सभामुख घिमिरेले बताए ।

‘आकस्मिक समयमा तीन मिनेट समय उपलब्ध गराउने गरी नियमावली बनाइएको छ । यो समयमा अघिल्लो बैठकबाट यो बैठकसम्मका जरुरी घटनाका विषयमा धारणा राख्न पाइनेछ,’ सभामुख घिमिरेले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट