

काठमाडौं – सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार सिंहदरबारमा एक कार्यक्रमका बीच पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको १० दलीय गठबन्धनको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।
साझा कार्यक्रममा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालबाट अध्यक्ष महत्थ ठाकुर, नेसपाबाट अध्यक्ष बाबुराम भट्टराइ, जनमत पार्टीबाट अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ, आमजनता पार्टीबाट अध्यक्ष प्रभु साह र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।
सरकारले सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी देशहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कुटनीतिक माध्यमबाट समाधान गर्ने बताएको छ ।
तालिकामा हेर्नुहोस् सरकारको न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ