काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संसदहरुले यस्तो माग गरेका हुन् ।
एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने संसदहरुको छ । उनीहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता उल्लेख गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै सो धारणा व्यक्त गरेका हुन् ।