काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन् । शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताए । उनले सहकारीका नाममा देखिएका बिकृती र बिसंगतीलाई पनि अन्त्य गर्नुपर्ने बताए ।
मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेकाले घर घरमा र विदेशमा छरिएका स–साना पूँजीहरुलाई एकीकृत गरी ठूलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा उनको भनाई छ ।