सरकारले राजस्व संकलनको अवस्था नभएको स्वीकार गरेको छ।
अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व सङ्कलनकाे अवस्था राम्रो नभएको बताएका हुन् ।
शुक्रवार आर्थिक पत्रकार सङ्घ (नाफिज) को छलफल कार्यक्रममा बोल्दै अर्थ मन्त्री महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेसको असरले देशको राजस्व सङ्कलन लक्ष्यअनुसार राम्रो नभएको बताएका हुन् ।
अर्थमन्त्री महतले आन्तरिक रूपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएका कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरे।