काठमाडौँ। सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति’ नामक पीडितको सङ्गठनले आन्दोलन गरिराखेकाले उनीहरूको माग समेट्ने गरी वार्ता समिति बनेको हो ।