२ करोड मागेको अडिओ सार्वजनिक भएपछि सांसद श्रेष्ठले भने – ‘मैले दुर्गा प्रसाईंलाई चिनेको छैन’-Sutra News

२ करोड मागेको अडिओ सार्वजनिक भएपछि सांसद श्रेष्ठले भने – ‘मैले दुर्गा प्रसाईंलाई चिनेको छैन’

आइतबार, २६ चैत्र २०७९

आइतबार, २६ चैत्र २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।



आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको छ ।

सो अडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो । श्रेष्ठले भने आफूले दुर्गा प्रसाईंलाई नचिनेको र पैसा पनि नमागेको दाबी गरेका छन्। उनले पार्टीले लेबीबाहेक कुनै पैसा पनि नमागेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट