राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमाथि ७२ घन्टे स्पष्टीकरण सोधेका छन् ।
बारा २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सांसद श्रेष्ठको अडिओ आफूले सुनेलगत्तै उनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका हुन् ।
‘अडिओ सार्वजनिक हुनेवित्तिकै सांसद ढाकाकुमार श्रेष्ठलाई हामीले ७२ घन्टाको अल्टिमेटम दिएका छौं। यो विषयमा छानबिन नसकुन्जेल उहाँलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी गराउँदैनौं,’ उनले भने।
रास्वपामा समानुपातिक सांसद बनेका ढाकाराम श्रेष्ठले मन्त्री पदसँग सम्बन्धित रहेर २ करोड रुपैयाँको कुरा गरेको अडियो सार्वजनिक भएको थियो।