नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताएका छन् ।
पार्टीकाे ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुबी भ्यालीमा आयोजित कार्यक्रमकाे सम्बाेधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
नेकपा एमालेले अहिले देशैभरी मिसन ग्रासरूट चलाएको छ।
अर्थतन्त्रका बारेमा गठबन्धनले गरेको व्यवहारलाई ओलीले पटकपटक बोल्दै आएका छन् ।
केही दिनअगाडि सरकारले राजस्व संकलनको अवस्था गतिलो नभएको बताएको थियो।