रकम मागेको अभिव्यक्ति ढाका कुमारको होइन, अडियो सम्पादन गरियो- सचिवालय-Sutra News

रकम मागेको अभिव्यक्ति ढाका कुमारको होइन, अडियो सम्पादन गरियो- सचिवालय

सोमबार, २७ चैत्र २०७९

सोमबार, २७ चैत्र २०७९

डा. ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको अडियो झुटो भएको दाबी गरेका छन् ।
उनले आफ्नो आवाज सम्पादन गरी नियोजित रुपमा षडयन्त्र गरिएकोसमेत भनेका छन् । ढाका कुमारको सचिवालयले विज्ञप्ति जारी गरी सो संवादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठको नभएको बताएको हो।



‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा. डा. ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो ।’ विज्ञप्तिमा भनिएको छ।

एक मिडियाले मन्त्री बनाइदिन व्यवसायी दुर्गा प्रसाईसँग २ करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक गरेको थियो।

रास्वपाले उनलाई निलम्बित गरिसकेको छ।

सभापती रवि लामिछानेले यसबारेमा थप अनुसन्धान गर्ने जनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट