सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग आज पनि वार्ता हुने भएको छ ।
आज १० बजे गृह मन्त्रालयमा वार्ता हुने सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् ।