२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक-Sutra News

२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

सोमबार, २७ चैत्र २०७९

सोमबार, २७ चैत्र २०७९

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ ।राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।



उक्त ट्रेजरी बिल मंगलबार जारी हुने र आज दिउँसो ३ बजे बोलकबोल गरिने छ । यसैगरि, केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख २८ गते परिपक्व हुनेछ ।

९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असार २६ गते परिपक्व हुनेछ ।यता, १८२ दिनको लागि ६ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज २३ परिपक्व हुनेछ ।

त्यस्तै, एक वर्ष अर्थात ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत २७ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

बैंकका अनुसार सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट