नेपालमा ४४४ पुग्यो कोरोनाका सक्रिय संक्रमितको संख्या-Sutra News

नेपालमा ४४४ पुग्यो कोरोनाका सक्रिय संक्रमितको संख्या

सोमबार, २७ चैत्र २०७९

सोमबार, २७ चैत्र २०७९

काठमाडौं, २७ चैत-नेपालमा पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।



पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट