राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्पष्टीकरण बुझाएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओबारे राष्ट्रिय श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका हुन् ।
प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो।
उनले ह्वाट्सएप मार्फत स्पष्टीकरण बुझाएको बताइएको छ।
समितिमा ४ जना सदस्य छन्।
अडियो सम्पादित भएको तर पार्टीले गर्ने कारबाहीको विषयमा आफू तयार रहेको स्पष्टीकरणमा उल्लेख छ।