काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)को बैठक बस्दैछ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न बैठक बस्न लागेको हो।
पार्टीको अनुशासन आयोगको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।