राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको लोकदोहोरी एप सार्वजनिक-Sutra News

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको लोकदोहोरी एप सार्वजनिक

मंगलबार, २८ चैत्र २०७९

मंगलबार, २८ चैत्र २०७९

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘लोकदोहोरी एप्स’ सार्वजनिक गरेको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापामगरको सभापतित्वमा भएको कार्यक्रममा एप्स सार्वजनिक गरिएको हो ।लोक तथा दोहोरी गीतका साथै प्रतिष्ठानमा हुने हरेक गतिविधिलाई उक्त एप्स मार्फत् हेर्न सकिने छ । बढ्दो प्रविधिको महत्वलाई ध्यानमा राखी एप्स सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ ।



अब मोबाइल एप मार्फत् नै लोक तथा दोहोरी गीतका साथै प्रतिष्ठानमा हुने हरेक गतिविधिलाई उक्त एपमा राखिने भएकाले सबै जानकारी लिन एकै ठाउँबाट सजिलै दिन सकिने भएको छ । एप्सलाई बिस्तारै थप परिष्कृत बनाउँदै लैजाने पनि प्रतिष्ठानले जनाएको छ ।
प्रविधिको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै एप सार्वजनिक गरिएको हो।

साथै प्रतिष्ठान नयाँ बर्षको २०८० सालको शुभकामना सहित संरक्षक, सल्लाहकार, मनोनित पदाधिकारी, सदस्यलाई स्वागत समेत गरेको छ । कार्यक्रममा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो भने प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।प्रतिष्ठानको मोबाईल एप्लिकेशन डाउनलोड गर्न PLay Store मा गएर Lok Dohori सर्च गरेर Install गरी आफ्नो बिबरण सहित एप सञ्चालन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट