वैशाख १ गतेको पूर्व निर्धारित मितिमा ‘नाइँ नभन्नु ल ६’ रिलिज नहुने भएको छ।
समयमै सेन्सर नहुँदा सिनेमाको प्रदर्शन रोकिएको हो। सिनेमाका काठमाडौं वितरक मनोज राठीले सिनेमाको प्रदर्शन रोकिएको जानकारी दिएका छन्।
श्रोतका अनुसार सिनेमाका कार्यकारी निर्मातामध्येका एक सन्जय न्यौपानेले सिनेमा वितरण कम्पनी एफडी दुई लाख तथा निर्मात्री शर्मिला पाण्डेलाई ११ लाख दिनुपर्ने रकम नदिएका कारण उनीहरूले चलचित्र विकाश वोर्डमा दिएको उजुरीका आधारमा सिनेमा रोकिएको हो।
उनीहरूले लिखित नभइ मौखिक उजुरी दिएकै आधारमा वोर्डले सेन्सर सिफारिस नदिएपछि वैशाख १ गतेको रिलिज मिति स्थगित गर्न सिनेमा बाध्य भएको हो।
निर्माण पक्षले सिनेमालाई वैशाख १५ गते रिलिज गर्ने तयारी गरेको बताईन्छ।
विकास आचार्य निर्देशित यस सिनेमामा आँचल शर्मा, आशिर्वाद क्षेत्री र अनुभव रेग्मीको शीर्ष भूमिका रहेको छ।